कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको नेतृत्व सम्हाल्दै गर्दा आफ्ना पाँच प्राथमिकता सुनाएका थिए, जसमा विद्युतीकरण पनि एक थियो । तर करिब साढे तीन वर्षको अवधिसम्म पनि कर्णाली प्रदेशमा विद्युत विस्तारको अवस्था दयनीय छ ।प्रदेश सरकारले न विद्युत विस्तारमा ध्यान दिन सकेको छ, न त विद्युत उत्पादनतर्फ नै । कर्णाली प्रदेशमा झण्डै १७ हजार ७९९ मेगावाटभन्दा बढी (विद्युत विकास विभागको तथ्याङ्क अनुसार) विद्युत उत्पादनको क्षमता छ । यति धेरै सम्भावना भएको प्रदेशमा ३ मेगावाटमात्रै विद