औषधिभन्दा बढी प्रभावकारी हुन्छ फिजियोथेरापी ?

कोरोना भाइरसको पहिलो लहर छाएको बेला झण्डै एक वर्षअघि नेपाल फिजियोथेरापी संघले कोभिड–१९ भएका बिरामीहरुलाई गरिने फिजियोथेरापी उपचारको निर्देशिका तयार गर्‍यो । सामान्यतया नसा च्यापिएको, हड्डी खिइएको जस्ता स्वास्थ्य समस्यामा मात्रै फिजियोथेरापी प्रभावकारी हुन्छ भन्ने बुझाइलाई चिर्दै कोभिडको समय र त्यसपछि पनि फिजियोथेरापी विधिमार्फत् विभिन्न समस्याको समाधान गर्नको लागि संघले वल्र्ड कन्फिडिरेसन अफ फिजिकल थेरापी […]

सम्बन्धित सामग्री

सुर्खेत हस्पिटलले थाल्यो फिजियोथेरापी सेवा

हाडजोर्नी, नशा, प्यारालाइसिस, मांशपेशी, श्वासप्रश्वास सम्बन्धी समस्या, घाँटी तथा ज्यान दुखाइ कम गर्न फिजियोथेरापी प्रभावकारी हुने डाक्टर भण्डारीले बताए। 'दुखाई कम गर्न औषधि पनि दिने गरिन्छ तर औषधिले सिमित समयका लागि मात्र काम गर्दछ। थेरापीले लामो समयसम्म काम गर्दछ र मांशपेशी बलियो बनाउँछ,' उनले भने।

प्राकृतिक चिकित्सा पद्धतिमा बिरामीको आकर्षण

चितवन। पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतिमा बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ । विशेषगरी दीर्घरोगी, नसा, हाडजोर्नी, स्नायु, चर्मरोग, मेरुदण्ड, पक्षाघातजस्ता जटिल रोगका उपचारका लागि यो पद्धति प्रभावकारी बन्दै गएको छ ।  बिरामीलाई लामो समय प्राकृतिक पद्धतिद्वारा उपचार गरिने र सञ्चो पनि हुने भएकोले त्यस्ता बिरामीले यो पद्धति पछ्याउन थालेका हुन् । चितवनको देवघाटस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको छ । पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतिमा आकर्षण बढ्दै गएको चिकित्सालयका फिजियोथेरापी विभागका प्रमुुख डा. अनिलबाबु पराजुलीले जानकारी दिए । दीर्घरोगी र एलोपेथिक उपचारपश्चात् पनि थप उपचारका लागि यहाँ आउने गरेको उनले बताए । ‘चिकित्सालयमा नसा, हाडजोर्नी, स्नायु, चर्मरोग, मेरूदण्ड, पक्षाघातजस्ता जटिल रोगको बिना औषधि उपचार हुने गरेको छ,’ उनले भने ।  उनका अनुसार प्राकृतिक चिकित्सालयबाट जुनसुकै रोग पनि औषधिको प्रयोगबिना नै सफल उपचार हुँदै आएको छ । पछिल्लो समय चिकित्सालयमा आवश्यकता अनुसारका यन्त्र उपकरण पनि थपिएकाले उपचारमा थप सहज भएको छ । ‘अझै पनि हामीसँग पर्याप्त स्रोतसाधन छैन, तैपनि उपलब्ध स्रोत र साधनका आधारमा सहज सेवा दिँदै आएका छौं,’ उनले भने । कोरोना महामारीमा चर्चा कमाएको यो चिकित्सालयमा चितवनसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्कीलगायत जिल्ला र अन्य क्षेत्रका नागरिक पनि सेवा लिन आउने गरेका छन् । यहाँ रोगको प्रकृतिअनुसार १५ दिनदेखि डेढ–दुई महीनासम्म उपचारका लागि समय लाग्ने गरेको छ । चिकित्सालयका मेडिकल अफिसर डा. सुजन कँडेलका अनुसार प्रकृतिमा निहित तत्वको प्रयोग नै प्राकृतिक चिकित्सा हो । प्राकृतिक नियमविपरीतका गतिविधि गरिँदा मानव स्वास्थ्यमा विभिन्न खालका रोग फैलिने क्रम बढ्दै गएको उनको भनाइ छ । ‘आकाश, जल, वायु, पृथ्वी, अग्निसहितका पञ्चतत्वको सन्तुलित अवस्थाले मानव स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ,’ उनले भने, ‘त्यसलाई सन्तुलनमा राख्ने काम प्राकृतिक चिकित्सा पद्धतिले गर्छ ।’ चिकित्सालयका अध्यक्ष पूर्णबहादुर श्रेष्ठका अनुसार हाल चिकित्सालय ५० शøया क्षमता भए पनि सरकारबाट जम्मा २५ शøयाको अनुमति पाएको छ । नारायणगढ बजारबाट नजिक र जंगलको बीचमा रहेको चिकित्सालयमा योग, ध्यानसहित प्राकृतिक वातावरणमै बिरामीको उपचार हुँदै आएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु

काठमाडौँ,६ कार्तिक । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको अवसर पारेर जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले सेवा सुभारम्भ गरे । प्रदेश स्तरको सो केन्द्रको उपचार थप प्रभावकारी बनाउन सेवा थप गरिएको कार्यालय प्रमुख डा कोपिला अधिकारीले जानकारी दिइन् […]

फिजियोथेरापी पुनर्स्थापना केन्द्रहरूको संघ 'प्राण' गठन

काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न ९ वटा संस्थाहरूको संघ 'फिजियोथेरापी रिह्यबिलिटेसन सेन्टर एसोसिएसन नेपाल' (प्राण) गठन गरिएको छ । शुक्रबार साधारणसभा आयोजना गरी घोषणा गरिएको संघको कार्यक्रममा नेपालका पहिलो रिह्याबिलिटेसन डाक्टर, फिजियोथेरापी संघ, अकुपेस्नल थेरापी संघ, प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षहरूसहित पुनर्स्थापनाका विज्ञहरूको सहभागिता थियो । भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी...

श्वासप्रश्वास प्रभावकारी बनाउन यसरी थेरापी गर्न सकिने

कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् ।  खासगरी

श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी

कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी सहज बनाउन सकिने उहाँहरूको भनाइ छ ।

नेपालमै पढौं फिजियोथेरापी, यस्ता छन् विदेश पढ्दाका १२ अप्ठ्यारा

फिजियोथेरापी भनेर प्रचलित भए पनि नेपालीमा यसलाई ‘भौतिक चिकित्सा शास्त्र’ भनिन्छ। फिजियोथेरापी एक मात्र प्रतिकूल असरबिना अपनाउन सकिने सस्तो, प्रभावकारी, आधुनिक र वैज्ञानिक उपचार...