अघिल्लो चुनावमा पोखरा महानगरका मेयर उम्मेदवार मानबहादुर जीसीको घोषणापत्र बनाउने टिममा थिए, धनराज आचार्य । सोही निर्वाचनमा एमालेबाट जीसीले पोखरा महानगरको मेयरसमेत जितेका थिए । यसपल्ट धनराज स्वयं मेयरको उम्मेदवारमा उठेका छन् । माधव नेपालसँगै एमाले छाडेका उनले नेकपा (एकीकृत समाजवादी)को कोटामा मेयरको उम्मेदवार बन्ने अवसर पाए । उनले बिहीबार पोखरामा सत्तापक्षीय गठबन्धनको तर्फबाट संयुक्त घोषणापत्र सार्वजनिक गरे ।