आधा दर्जन अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता
सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्ट लगायतका ६ वटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्।...
काठमाण्डाै – नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले पहिलो पटक कर तिरेका छन् । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने गुगल, फेसबुकको मातृ कम्पनी मेटा, युट्युब, टिकटकलगायतका नौ वटा कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएर पहिलो पटक कर तिरेका हुन् ।
यही असारको २५ गतेसम्म नौ वटा कम्पनीमध्ये केहीले नौ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तिरेका आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले उज्यालोलाई जानकारी दिनुभयो । चालु आर्थिक वर्ष...
काठमाडौं : सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायत ६ वटा अन्तरराष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्।नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार हालसम्म छवटा विदेशी कम्पनी दर्ता हुन आएको ठूला करदाता कार्यालयका कर अधिकृत साधुराम पुडासैनीले जानकारी दिए। विद्युतीय से
विश्वकै सर्वाधिक इन्टरनेट सर्च इन्जिनका बादशाह गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। चालु आर्थिक वर्ष २०७९र८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको समाचार गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन्।
आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा विश्वकै ठुलो प्रविधि कम्पनी गुगल...
सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्।
विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो। “गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको छ,” उहाँले भन्नुभयो।