काठमाण्डाै – नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले पहिलो पटक कर तिरेका छन् । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने गुगल, फेसबुकको मातृ कम्पनी मेटा, युट्युब, टिकटकलगायतका नौ वटा कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएर पहिलो पटक कर तिरेका हुन् ।
यही असारको २५ गतेसम्म नौ वटा कम्पनीमध्ये केहीले नौ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तिरेका आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले उज्यालोलाई जानकारी दिनुभयो । चालु आर्थिक वर्ष...