विश्वभर प्रख्यात थालीनाचको उद्गम थलो रघुगंगा गाउँपालिका–७ चिमखोला विविध कलासंस्कृतिले भरिएको गाउँ हो । एक गाउँ अनेक कलासंस्कृतिको उद्गम थलो चिमखोला सांस्कृतिक विविधताले चिनिएको छ ।चिमखोलामा थालीनाचसँंगै जुरेचल्ला, शर्माजाले, कलश जुधाउने, टोपा नाच, भूमे खुसी बनाउन कालोमोसो लगाउने मौलिक संस्कृतिले चिनिएको छ । पात्लेखर्कका ७२ वर्षीय नर्गेद्र पुनले भूमे पूजाको अवसरमा सोरठी नृत्य शर्मा जाले, […]