भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको जानकारी दिए । बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ । यस्तै बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना ९२०२१–२०५०० र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको पनि उनले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्राङ्कीत विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

आठ देशमा राजदूत सिफारिस

काठमाडौँ- सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबण्डाका आधारमा राजदूत सिफारिस गरेको हो ।  सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । रेग्मी यसअघि बेलायतका राजदूत पनि बनेका थिए ।  त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिर...

आठ देशमा राजदूत सिफारिस

काठमाडौँ- सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबण्डाका आधारमा राजदूत सिफारिस गरेको हो ।  सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । रेग्मी यसअघि बेलायतका राजदूत पनि बनेका थिए ।  त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिर...

राजदूत सिफारिस समावेशी नभएको भन्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । सरकारले गरेको राजदूत सिफारिस संसदीय सुनुवाइ प्रक्रियामा प्रवेश गरेको अवस्थामा सर्वोच्च अदालतमा रिट दायर भएको हो । सिफारिस समावेशी नभएको भन्दै अधिवक्ताहरू मोहना अन्सारी शैलेन्द्र प्रसाद अम्बेडकर, रक्षाराम हरिजन, यमकुमारी दलेल र रौतहटका राहुलकुमार रजकले रिट हालेका हुन् । संसदीय सुनुवाइ समितिले सिफारिस भएकाहरू विरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ । २० जना […]

करिब सात महिनापछि श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ । खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । ज्योति प्याकुरेल दक्षिण कोरियाक...

२० देशमा राजदूत सिफारिस, चीनमा विष्णुपुकार

काठमाडौँ । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञबाट गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् । सरकारले दक्षिण अफ्रिकाका […]

तीन देशमा राजदूत सिफारिस

सरकारले महालेखा परिक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।त्यसैगरी बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा प्रा.श्रीधर खत्रीलाई नियुक्तिको लागि सिफारिस गरेको प्रवक्ता कार्कीले बताए ।त्यस्तै, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम […]

भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।  शर्मा...

निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत सिफारिस

सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटता आधारमा सिफारिस गरिएको छ।   केपी शर्मा ओली नेतृत्वकै सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत नियुक्त हुनुपर्ने प्रावधान छ। हालकै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकै अग्रसरतामा जारी उक्त निर्देशिका व्यवहारमा भने लागु हुन सक...

छ राजदूत सिफारिस

सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गोरखापत्रलाई बताउनुभयो।