काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सबै उम्मेदवारलाई समान स्थान दिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारलाई निर्वाचनको सिद्धान्त विपरीत फरक–फरक हैसियत हुने गरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदाे चुनावमा त्यस्तो विभेद नगरि समाचार प्रसारण/प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको हाे ।
पालिका चुनाव २०७९ को प्रगति समीक्षा गर्नका लागि आज मङ्गल...