काठमाडौं महानगरले शिल गर्‍यो दुई अस्पताल (भिडिओ)

काठमाडौं । महानगर स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर शिल गरेको छ । काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर शिल गरेको बताए । उनले भने, ‘मापदण्ड अनुसार अस्पताल सञ्चालन […]

सम्बन्धित सामग्री

गाजाको अल सिफा अस्पतालमा प्रवेश गर्‍यो इजरायली सेना

२९ कात्तिक, काठमाडौं । इजरायली सेनाले गाजाको ठूलोमध्येको एक अल सिफा अस्पतालमा प्रवेश गरेको छ । इजरायली सेनाले अस्पताल प्रवेश गरेर त्यहाँको सबै तला र कोठाहरुमा सर्च गरेको छ । इजरायली सेनाले यो अस्पतालमा हमासले आफ्नो हतियारहरु लुकाएको जिकिर गरेको छ । अस्पतालमुनिको सुरुङबाट हमासले आफ्नो कमाण्ड सञ्चालन गरेको पनि इजरायली सेनाको दाबी छ । […]

नेपाल मेडिकल कलेजले अनिश्तिकालका लागि बन्द गर्‍यो ओपिडी सेवा

काठमाडौं : नेपाल मेडिकल कलेजले ओपिडी सेवा अनिश्तिकालका लागि बन्द गरेको छ। आज एक सूचना जारी गर्दै अस्पताल प्रशासनले बिरामीका आफन्तले अस्पतालमा तोडफोड गरेको भन्दै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो। गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय सुवर्ण कुमार धितालको विषयलाई लिएर उत्तेजित भिडले अस्पताल परिसरमा मंगलवार साँझ नाराजुलुस गरेको र अस्पतालमा कार्यरत…

जवानीमै हुन सक्छ हृदयघात !

६ पुस, काठमाडौं । पाँच महिनाअघि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको इमर्जेन्सीमा २० बर्षका युवक आइपुगे । हृदयघात (हार्ट अट्याक) भएका ती बिरामीको अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीको टिमले सफल शल्यक्रिया गर्‍यो । ‘मुटु सर्जन भएर काम गरेदेखि मैले हजारौं हृदयघातका बिरामीको उपचार गरेँ । तर, त्यो सबैभन्दा कम उमेरको हृदयघातको शल्यक्रिया थियो’, डा. अधिकारी […]

स्थानीय तहमा अस्पताल : हतारमा शिलान्यास, दुई वर्षमा एउटै पनि बनेन

काठमाडौं : जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा नै पुर्‍याउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७७ मंसिर १५ गते एकै दिन सबै प्रदेशका स्थानीय तहमा ३९६ अस्पतालको शिलान्यास गर्‍यो।आधारभूत अस्पताल नभएका ७५३ मध्ये ६५५ स्थानीय तहमध्ये पहिलो चरणमा ३९६ वटा स्थानीय तहमा अस्पताल बनाउने भन्दै एकै पटक तामझामका साथ शिलान्यास गरिएको थियो। तर यसरी शिलान्यास गरिएका अस्पतालको निर्माण अझै भएको छैन।शिलान्यास गरिएकै समयमा पूर्वतयारी नगरी शिलान्यास गरिएको भन्ने आलोचना भए

काठमाडौं उपत्यकामा भित्र-भित्र फैलियो हैजाको संक्रमण

१९ असार, काठमाडौं । १ असारमा बागबजार बस्ने दुई दिदीबहिनीलाई झाडापखाला भयो । राती पटक-पटक झाडावान्ता भएपछि नजिकै रहेको मोडेल अस्पताल पुगे । उनीहरूको उपचारको क्रममा दिसामा हैजाको जीवाणु देखियो । थप उपचारको लागि मोडेल अस्पतालले २ असारमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्‍यो । अस्पतालका कन्सल्टयान्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार […]

त्रिवि शिक्षण अस्पतालले स्थगित गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

३ असार, काठमाडौं ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको छ । डेढ वर्षदेखि करिब ८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको जनाउँदै अस्पताल प्रशासनले हालको लागि बीमा कार्यक्रम नै स्थगित गरेको जनाएको छ । अस्पतालका सूचना अधिकारी राम विक्रिम अधिकारीले असार १५ देखि अर्को सुचना प्रकाशित […]

अल्का अस्पतालले विस्तार गर्‍यो आईभीएफ सेवा

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आईभीएफ सेवा विस्तार गरेको छ । अस्पतालका अनुसार अत्याधुनिक ल्याबसहित अल्का आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको हो । सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिनका लागि थप सुविधासहित विशेषज्ञहरु भित्र्याएर अल्का आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए । विभिन्न कारण सन्तान नभएकाहरुलाई सेवा […]

काङ्ग्रेसले सुरु गर्‍यो ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’

काठमाडौं। नेपाली काङ्ग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’सुरु गरेको छ। अभियान सञ्चालन गर्न बायो मेडिकल इञ्जिनियरहरूका स्वयंसेवी समूह निर्माणसमेत गरेको छ। कोरोना उपचारका उपकरणहरूको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवा उपलब्ध गरिने कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी रहेकालाई स्थिति अनुकुल प्रत्यक्ष वा अप्रत्यक्ष प्रशिक्षण दिइने जनाइएको छ।

काठमाडौं उपत्यकाका ठूला अस्पतालमा वाणिज्य विभागले गर्‍यो अनुगमन

वैशाख २४, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीवार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ओटा ठूला अस्पतालकोे अनुगमन गरेको हो ।             उपलब्ध सेवा, शुल्कसमेतका बारेमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए। उनका अनुसार बिहीवार मीनभवनमा रहेको सिभिल अस्पताल, चावहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो ।             अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पतालहरुलाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्त नभएको पाइएको प्रवक्ता सेढाईंले जानकारी दिए । सात ओटा ठूला अस्पतालले अस्पतालमा उपचाररत बिरामीका लागि प्रयोग गरेको औषधिको अधिक मूल्य ५ हजार १०० रुपैयाँ लिएको नपाइएको बताइएको छ । रेम्डेसिभिर औषधिको न्यून उपलब्धता, वितरण प्रद्धति प्रभावकारी नहुँदा एक अस्पतालमा सञ्चित हुँदा अर्को अस्पतालमा अभाव देखिएको निष्कर्ष निकालिएको थियो ।             यस्तै बिरामीको अनुपातमा उपलब्ध श्यया सङ्ख्या अपुग रहेको, अस्पतालमा नै तोकिएको स्वस्थ्य मापदण्ड पालना नभएको, अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कबीच असमानता रहेको समेत पाइएको थियो ।             उक्त अस्पतालको अनुगमनपश्चात् विभागले छानबिनका लागि आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ । पछिल्लो समय निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालले कोरोना भाइरस संक्रमणका बिरामीको उपचारमा चर्को शुल्क लिने गरेको गुनासोपछि विभागले विभिन्न निकायको समन्वयमा सात ओटा अस्पतालको अनुगमन गरेको हो ।             कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै यही वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन ओटा जिल्लामा लागू गरिएको निषेधाज्ञामा बजारमा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।  रासस

अव्यवस्थित वीर अस्पताल

काठमाडौं- नारायणघाट चितवनकी गीता थापाका बुबालाई त्यहाँको अस्पतालले काठमाडौंका लागि रिफर गर्‍यो। उनले वीर अस्पताल ल्याएर बुबालाई भर्ना गरिन्। एक हप्तामा ९ पटकसम्म रगत परीक्षण गर्दा...