काठमाडौं । प्रधानमन्त्रीको केपी शर्मा ओली र उनले नेतृत्व गरेका सरकारको गतिविधिप्रति जसपाका अध्यक्ष उपेन्द्र यादवले शंका व्यक्त गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैंकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब बजेट, नीति तथा कार्यक्रम पनि अध्यादेशमार्फत नै ल्याउने की भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।पछिल्लो समयमा सरकारले लोकतन्त्रको संसदीय व्यवस्थालाई नै बेवास्ता गर्दै क्रमिक रुपमा अध्यादेशमार्फत विधेयक तथा कानुनहरु भटाभट ल्याइरहेको भन्दै यस तर्फ समेत शंका रहेको बताए ।