मुलुककै सबैभन्दा धेरै जनसंख्या भएको सहर । पढाई, रोजगारी र सुविधाका लागि मानिसहरू अनेक सपना बोकेर काठमाडौं भित्रिन्छन् । संघीय राजधानी काठमाडौं सिंगो देशलाई शासन गर्छ । त्यो हिसाबले सिंगो देशवासीका लागि काठमाडौं गन्तव्यस्थल हो । तर जताजतै फोहोरका डंगुर, दुर्गन्धित हावा र फोहोर मिश्रित पानी वर्षौंदेखि काठमाडौैंको परिचय बन्दै आएको छ । आफूलाई शिक्षित र सभ्य ठान्ने काठमाडौं अहिलेमात्रै होइन, दशकभन्दा अगाडिदेखि फोहोरमय छ । हामीले यहाँ हरेक वर्ष पानी पर्नेबित्तिकै सडकमा फोहोर थुप्रिने दशकयताका प्रत्येक वर्षका काठमाडौंका तस्बिर देखाएका छौं । हेर्नुहोस् २०६९ देखि २०७९ सालसम्मका काठमाडौं उपत्यकाका फोहोरका तस्बिर :