नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तरगत बागमतीको नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति ११ बजे सम्पन्न भएको छ । बागमतीमा कुल मतदाता २१५१ रहेकामा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अब मतगणना राति १२ बजेबाट सुरु गर्नेगरी तयारी भएको छ । प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान भिडेका छन् ।