कोरोना संक्रमण फैलने उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्याल कपिलवस्तुले फेरी १५ दिनलाई जिल्लालाई सिल गरेको छ । यस अघि वैशाख २९ देखि जेठ ५ गते सम्मका लागि जिल्लालाई सिल गरिएको थियो । सरकराले लकडाउन जेठ २० गते सम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सिल गर्ने निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पोेलले बताए ।