काठमाडौं : कोरोना साम्य भएको छिमेकी मुलुक चीनसँग प्रत्येक दुई–दुई महिनामा छलफल गरिरहेको सरकारले दक्षिणतर्फको छिमेकी भारतसँग पछिल्लो समय खासै छलफल गरेको छैन।बिहीबार पनि नेपाल र छिमेकी मुलुक चीनका उच्चस्तरीय सुरक्षा टोलीबीच वार्ता भयो। नेपाल-चीन सीमा सुरक्षा अधिकारीहरूहरूले पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) लगाइ रसुवास्थित मितेरी पुलमा छलफल गरेका हुन्। यतिखेर भारतमा संक्रमण तीव्र फैलिरहेको छ। नेपाललाई पनि भारतकै हालतमा नपुर्याउन दुई देशबीचक