निर्वाचन कानूनमा व्यवस्था भएअनुसार आगामी वैशाखमा स्थानीय तह र मंसिरमा संघीय संसद्को निर्वाचन हुनुपर्ने हो ।
तर, राजनीति दलहरूको स्वार्थ र विभिन्न दाउपेचका कारण तीनै तहको निर्वाचन अन्योलमा पर्ने देखिएको छ ।
निर्वाचन गराउने जिम्मेवारीसहित सरकारको नेतृत्व गरिरहेको पाँच दलीय गठबन्धन तत्काल निर्वाचन गराउने पक्षमा छैन ।
गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले बरु कानून नै संशोधन गर्ने तर, निर्धारित समयमा निर्वाचन नगराउने तयारी...