महामारीले कुखुरापालन व्यवसाय संकटमा

काठमाडौं। दोस्रोलहर नियन्त्रण गर्न भन्दै गरिएको निषेधाज्ञाका कारण कुखुरापालन व्यवसाय संकटमा परेको छ। निषेधाज्ञाको समयमा सबै होटल/रेष्टुरेन्ट बन्द हुँदा व्यवसायिकरुपमा मासुको माग १०० प्रतिशत घटेको छ। उपभोक्ताले घरायसी प्रयोजनका लागि धेर/थोर उपभोग गर्दै आएका छन्। उत्पादनअनुसारको बजार माग नहुँदा कुखुरा नष्ट गर्नुपर्ने अवस्था आएको ह्याचरी संघका अध्यक्ष टिका पोखरेलले बताए।

सम्बन्धित सामग्री

पोल्ट्री व्यवसायमा संकट

नेपाल आत्मनिर्भर भएको भनिएको कुखुरापालन व्यवसाय अहिले विभिन्न कारणले संकटमा फस्न थालेको छ । व्यवसाय धान्न नसकेपछि व्यवसायीहरू पलायन हुन थालेको भनाइ छ । आत्मनिर्भर भनिएको कुखुरापालन व्यवसाय किन अहिले संकटमा पर्‍यो त ? कुनै पनि उद्योग आत्मनिर्भर हुनु भनेको उत्पादनको हिसाब गरेर मात्रै हुँदैन । विश्व खाद्य संगठनले तोकेको परिमाणको हिसाबले आत्मनिर्भर भनिए पनि औद्योगिक चक्रको आधारमा कत्तिको आत्मनिर्भर भएको हो भन्ने हेरिनुपर्छ । नेपालमा कुखुराको अण्डा र कुखुराको मासु पर्याप्त उत्पादन हुँदा मुलुकको माग बराबर उत्पादन भएपछि यसलाई आत्मनिर्भर भनिएको हो । तर, उत्पादनका कच्चा वस्तु र अन्य सहायक वस्तुहरूको आयात गरेर आत्मनिर्भरको तहमा पुग्दैमा मुलुक आत्मनिर्भर भइहाल्ने होइन । तथ्यांकीय हिसाबमा भने यसलाई आत्मनिर्भर मानिन्छ । नेपालमा ८ हजार कुखुरा फर्म रहेकामा अहिले त्यो घटेर ४ हजारमुनि पुगेको व्यवसायीको भनाइ छ । यति ठूलो परिमाणमा फर्महरू बन्द भएका हुन् भने त्यो अर्थतन्त्रका लागि खतराको घण्टी हो । नेपाल कुखुराको दानाका लागि पनि आत्मनिर्भर मानिन्छ । तर, दानाका लागि मकैलगायत वस्तु विदेशबाट आयात हुन्छ । त्यस्तै किसानले कुखुराका चल्ला लगेर पाल्ने हुन् । ती चल्ला जन्माउन चाहिने प्यारेन्ट कुखुरा भने आयात गर्नुपर्ने अवस्था छ । प्यारेन्ट कुखुरा उत्पादन गर्ने प्रशस्त ह्याचरी नभई कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएको भनी स्वीकार्न सकिन्न । यसरी बीउ नै नभएको अवस्थालाई आत्मनिर्भरताको अवस्था मान्न सकिँदैन । नेपालमा प्यारेन्ट कुखुरा आयात गर्नुपर्ने बाध्यता हटेको छैन । यद्यपि व्यवसायीहरूले प्यारेन्ट ह्याचरी बनाउने कुरा उठेको दशक पुगिसकेको छ । प्यारेन्ट कुखुरा उत्पादन गर्ने ह्याचरी खुलेको पनि पाइन्छ । तर, त्यसको संख्या ज्यादै न्यून छ ।  अहिलेको समस्याको जड के हो भन्ने स्पष्ट छैन । कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण अर्थतन्त्र मन्दीमा गएको छ तर दैनन्दिन जीवनलाई ध्वस्त पार्ने खालको समस्या भने देखिएको छैन । नेपालमा अर्थतन्त्रमात्र होइन, निर्माण क्षेत्रमा अन्य क्षेत्रमा पनि कोरोना र रूस–युक्रेन युद्धलाई दोष देखाएर सरकारी अधिकारीहरू सरक्क पन्छने गरेका छन् । व्यवसायीहरूमा पनि यस्तै प्रवृत्ति नदेखिएको होइन । यद्यपि परिमाण भने निकै कम छ ।  अहिले चर्को ब्याजदर र बजारमा मागको कमी आएको कुरालाई लिएर उद्योगव्यवसायका धेरैजसो क्षेत्रले समस्या परेको बताइरहेका छन् । यो भनाइमा कति सत्यता छ सरकारले अनुसन्धान गर्न जरुरी देखिइसकेको छ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रकै बारेमा कहिले सकारात्मक त कहिले नकारात्मक टिप्पणी गरेको पाइन्छ । जे भए पनि अहिले कुखुरापालन व्यवसायमा समस्या आएको छ भनेर भन्नचाहिँ सकिन्छ । अब यसलाई कम गर्न उत्पादनको लागत कम हुनुपर्छ । सरकारले उत्पादित सामानको बजार हिस्सा नखोसिने तर प्रतिस्पर्धा हुने वातावरण बनाइदिनुपर्छ । अहिले कुखुरापालनमा देखिएको समस्याको निदान पनि यसै गरेर मात्रै सम्भव हुन्छ ।

महामारीले कुखुरापालन व्यवसाय संकटमा

काठमाडौं। दोस्रोलहर नियन्त्रण गर्न भन्दै गरिएको निषेधाज्ञाका कारण कुखुरापालन व्यवसाय संकटमा परेको छ। निषेधाज्ञाको समयमा सबै होटल/रेष्टुरेन्ट बन्द हुँदा व्यवसायिकरुपमा मासुको माग १०० प्रतिशत घटेको छ। उपभोक्ताले घरायसी प्रयोजनका लागि धेर/थोर उपभोग गर्दै आएका छन्। उत्पादनअनुसारको बजार माग नहुँदा कुखुरा नष्ट गर्नुपर्ने अवस्था आएको ह्याचरी संघका अध्यक्ष टिका पोखरेलले बताए।

हावाहुरीले पोल्ट्रि व्यवसाय संकटमा

कैलालीको धनगढीका दलबहादुर शाहले राम्रै आम्दानी हुने सोचेर आठ वर्षअघि ऋण खोजेर कुखुरापालन व्यवसाय सुरु गरे । छ जनाले संयुक्तरूपमा सुरु गरेको कुखुरापालन व्यवसाय राम्रोसँगै चल्दै आएको थियो । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडामा १८ कट्ठामा कुखुरापालन व्यवसाय सुरु गरेका उनले बैंकबाट सवा एक करोड ऋण र छ जनाको दुई करोड गरी सवा तीन करोड लगानीमा १२ हजार लेयर्स जातको कुखुरापालन व्यवसाय गरेका थिए । “दैनिक २६ पेटी अण्डा उत्पादन हुने हुने गरेको थियो,” उनले भने, “हावाहुरीले कुखुरा, फर्म तथा दाना, मेसिनलगायत सामान उडाएर कामै नलाग्ने बनाइदिएपछि बैंकको किस्ता र काम गर्ने मजदूरलाई तलव खुवाउनै समस्या परेको छ ।”