आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्ने सो बापत ग्राहकले आकर्षक उपहार जित्न सकिने भएको छ ।साउन १ गतेबाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भई ग्राहकले आइफोन १२ का साथै थुप्रै उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । तर त्यसका लागि ग्राहकले सामानको बिल आईएमई पेबाटै भूक्तानी गर्नुपर्नेछ ।सम्झौता पत्रमा आइएमई पेका तर्फब