काठमाडौं । सत्ता गठबन्धन दलको निर्णय अवज्ञा गर्दै ललितपुर महानगरको उपमेयरमा काँग्रेस नेता सुविन कुमार शाक्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनको निर्णय विपरित शाक्यले सोमबार उम्मेदवारी दिएका हुन् । गठबन्धनको भागबण्डामा ललितपुर महानगरको मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ ।