फेब्रुअरी ४ (माघ २२ गते) मा क्यान्सरविरुद्धको विश्व दिवस नेपालमा पनि विशेष कार्यक्रमका साथ मनाइँदैछ । नेपालमा क्यान्सरविरुद्धको अभियानमा लामो समयदेखि क्रियाशील नेपाल अर्बुद रोग निवारण संस्थाले यो दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । यस वर्षको क्यान्सर दिवसको नारा ‘म हुँ र म गर्छु’ भन्ने छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा तय भएको हो नारा र कार्यक्रम ।
पछिल्ला समयमा सर्ने रोगभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको छ । कोरोना भाइरसको महामारीजस्ता अपवादलाई छाडेर हेर्ने हो भने पछिल्ला दिनमा नेपाललगायत विश्वका धेरै देशमा नसर्ने रोगको प्रकोपबाट मानव पीडित बन्दै गइरहेका छन् । खानपान, रहनसहन लगायतका विविध कारणले नसर्ने रोगहरू विकसित देशमा भन्दा नेपालजस्ता विकासोन्मुख देशहरूलाई चुनौतीको विषय बनेका छन् । यस्तो अवस्थाप्रति राज्यले प्रभावकारी नीति र कदम चाल्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेको छैन ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने रोगको उपचारमा मात्रै वार्षिक करिब ४० अर्ब रुपियाँ खर्च हुने गरेको एक अध्ययनले देखाएको छ । तीन वर्ष लगाएर नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययनअनुसार वार्षिक कुल गार्हस्थ उत्पादनको १.५ प्रतिशत खर्च सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगको