एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा सानदार जित आत्मसात गरेको छ । रियलले घरेलु मैदानमा स्कटिस क्लब सेल्टिकमाथि ५–१ को फराकिलो जित निकालेको हो । सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा रियलको फराकिलो जितमा लुका मोड्रिच, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले गोल गरे । […]