काठमाडौं। काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने २२ वर्षीया कुसुम श्रेष्ठको कुटपिटबाट शुक्रबार राति मृत्यु भएको छ। प्रहरीकाअनुसार उनका पति सोही ठाउँ बस्ने सिन्धुपाल्चोक तौथली घर भएका २६ वर्षीय अजय श्रेष्ठले कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। कुसुमको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अजयलाई नियन्त्रणमा लिएको छ।