गुल्मी : मुसिकोट नगरपालिका–७ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। ४२ वर्षीय सुर्यबहादुर कुमालले कुटपिट गर्दा घाइते भएकी ४० वर्षीय तालकुमारीको उपचारको क्रममा वामी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक माधवराज खरेलले कुमाललाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी राखेको जानकारी दिए।