नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजिगले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिहरूको अनावरण गरेको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने टिजिग फर्मा प्राइभेट लिमिटेड नेपालकै पहिलो भएको बताए । उनले एक महिनाभित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने समेत जानकारी दिए ।उनले अत्याधुनिक प्रविधिमा बनाइएको फ