दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ । उक्त कार गएराती पौने दश बजे घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखाेलाले बगाएको हो ।नेपालगञ्जबाट घोराही जाँदै गरेकाे प्र ३०१२४ च ४४४० नम्बरको कार सिस्ने खाेला क्रस गर्दै गर्दा खाेलामा आएकाे बाढीले बगाउँदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खाेलामा बगिहेकाे अवस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ।त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि सुशीला