बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले यहाँका पालिका अनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ।कोभिडको पछिल्लो स्वरूप ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो।माघ ७ गतेदेखि लागू हुने गरी यहाँ पालिकाका नागरिकलाई बार अनुसार सेवा दिइने जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी अधिकृत खगेन्द्र भारतीले बताए। आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सि