१७ शैयाको आइसोलेसन सञ्चालनमा, स्वास्थ्यकर्मी र सामग्री अभाव
महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) फैलन सक्ने सम्भावित खतराप्रति उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका चार स्थानमा १७ शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ।
नुवाकोट । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधवारसम्ममा जिल्लाका १२ ओटा स्थानीय तहसहित नेपाली सेनाको नं एक तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शøयाको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालका अनुसार जिल्लाका अधिकांश स्थानीय तहले पहिलो चरणको कोरोना महामारीको समयमा तयार गरेका आइसोलेसनलाई पुनः सञ्चालनमा ल्याएका छन् भने केहीले यसअघि बनाएको क्वारेन्टिनलाई स्तरोन्नति गरेर हाल आइसोलेशन केन्द्रमा रूपान्तरण गरेका छन् ।
‘स्थानीय तहले बनाएका आइसोलेसनमा चिकित्सक, अक्सिजन सिलिण्डरसहितको सुविधा उपलब्ध छ’, सूचना अधिकृत खनालले भने, ‘कोरोना संक्रमितको स्वास्थ्य समस्या नभएसम्म घरमै बस्न र कमजोर महशुस भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न भनेकाले हाल नुवाकोटमा बिरामीको उपचारका लागि शøयाको अभाव देखिँदैन ।’
आइसोलेशन कक्षमा अक्सिजन सहित अक्सिजन कन्सन्ट्रेटर, पल्स–अक्सोमिटर, पीपीई, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पीसीआरका लागि स्वाब संकलन गर्न भीटीएम सहितको सुविधा रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए । जिल्लाका स्थानीय तहहरू विदुर, बेलकोटगढी, तादी, शिवपुरी, ककनी, म्यागङले बनाएको केन्द्रमा चिकित्सक सहित बिरामीको उपचार सेवाका लागि स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य कार्यालय र जिससले ती केन्द्रको अनुगमन गरेर गर्नुपर्ने सुधारदेखि आवश्यकता अनुसार शय्या बढाउने तयारी गर्न सुझाव दिएका थिए । हाल २०० शय्या रहेकोमा आवश्यकताको आधारमा वृद्धि गरेर ३०० सम्म पु¥याउन सकिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए ।
विराटनगर : सुनसरीको इटहरीमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ। इटहरी उपमहानगरपालिकाले अक्सिजनसहित ५० शय्याको कोभिड अस्पतालसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो।इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्याइएको जानकारी दिए। बुधबारदेखि नै कोभिड संक्रमित बिरामी राखेर आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिए।आइसोलेसन सेन्टरमा २४ सै घण्टा स्वास्थ्यकर्मी रहने पनि मेयर चौधरीले बताए। स्वास्थ्य