काठमाडौं । पूर्वशहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमलाई समर्थन गरेकी छन् । काठमाडौंमा अवैध संरचना हटाउन मेयर साह एक्सनमा उत्रिएपछि पूर्वमन्त्री झाँक्रीले उनको यस कदमको प्रंशसा गरेकी हुन् । उनले माथिल्लो तहको दबाबले आफू मन्त्री हुँदा बागमति करिडोरको संरचना हटाउन नसकेको भन्दै अब उपत्यकाका नदी किनारका अतिक्रमण हट्नेमा विश्वास व्यक्त […]