नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद सदस्यता छानबिन समितिमै फर्किएको छ ।
छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले विवाद समितिमै फर्काएर समाधानका लागि १ दिनको समय दिएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निजी निवासमा बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवादमा सहमति हुन बाँकी रहेका विषयलाई टुंगोमा पुर्याउन क्रियाशील सदस्यता छानबिन समितिलाई नै जिम्मा दिएको छ ।
क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पूरा गर्न बिह...