५ सय व्यावसायिक उद्योग थपिए

म्याग्दीमा पछिल्लो एक वर्षमा ५ सय ८ घरेलु तथा साना उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कृषि, पशुपन्छी, सेवामूलक क्षेत्रमा आकर्षित हुँदै उद्योग दर्ता गर्ने संख्या बढेको कार्यालयले जनाएको छ । यस आर्थिक वर्षमा ५०८ उद्योगमध्ये २६५ वटा वाणिज्य फर्म दर्ता भएको कार्यालय प्रमुख नन्दलाल पौडेलले जानकारी […]

सम्बन्धित सामग्री

लमजुङमा ६ सय ८८ उद्योग थपिए

परम्परागत खेती प्रणालीमा खेती हुँदै आएको पहाडी जिल्ला लमजुङमा पछिल्ला वर्षहरूमा व्यावसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ । जिल्लाका कृषक तथा उद्यमीहरूले निर्वाहमुखी कृषि व्यवसायलाई नाफामुखी र...

म्याग्दीमा ५७० उद्योग र व्यावसायिक फर्म थपिए

म्याग्दी– म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५७० उद्योग र व्यावसायिक फर्म थप भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा फर्मबाट रु १६ लाख ८१ हजार ७५० राजस्व संकलन भएको कार्यालयका प्रमुख […]

नेपालमै गाडी 'एसेम्बलिङ' गर्न थपिए ६ नयाँ उद्योग, यी ठाउँमा राख्दैछन् प्लान्ट

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तशुल्कमा छुट दिएको छ । पछिल्लो समय ठूला व्यावसायिक घरानाको ध्यान एसेम्बलिङ उद्योगमा बढेको छ । गत आर्थिक वर्षको बजेटमार्फत सरकारले नेपालमा नै ‘एसेम्बलिङ’ […]

कोभिडपछि कम्पनी दर्ता उत्साहजनक

कोभिड महामारीपछि मुलुकको व्यावसायिक क्षेत्रमा चुनौती थपिए पनि नयाँ कम्पनी खोल्ने क्रम भने उत्साहजक रुपमा बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार आफ्नै व्यापार–व्यवसाय सुरु गर्न कम्पनी दर्ताको क्रम बढेको हो । कोभिड महामारी सुरु भएपछि गत आर्थिक वर्ष २०७७-०७८ तथा चालू आवको पाँच महिनासम्मको तथ्यांक हेर्दा देशमा कम्पनी […]

म्याग्दीमा १ वर्षमा ७६२ ओटा व्यावसायिक फर्म थपिए

म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षमा ७६२ उद्योग तथा व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ ओटा वाणिज्य फर्म दर्ता भएका हुन् । २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रू. २६ लाख ८ हजार राजस्व संकलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए । ‘पहिलेदेखि नै सञ्चालन भएका उद्योग तथा फर्महरू कानूनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारण दर्ता संख्या बढेको हो,’ उनले भने, ‘नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।’ उद्योग दर्ताबाट १४ लाख ३४ हजार  र वाणिज्य फर्म दर्ताबाट ११ लाख ७४ हजार राजस्व संकलन भएको छ । नयाँ दर्ता भएका ५०० ओटामध्ये ३६८ ओटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २९८ उद्योग र ३९८ ओटा वाणिज्य फर्म नवीकरण भएका छन् । चालू आर्थिक वर्षमा कुल १ करोड १६ लाख २८ हजार बजेट विनियोजन भएको घरेलु कार्यालयले भौतिकतर्फ ९९ प्रतिशत र वित्तीयतर्फ ७६ प्रतिशत प्रगति गरेको जानकारी दिएको छ । यसैगरी १५१ जनालाई उद्यमशीलता विकास, ३८ जनालाई युवा उद्यमशीलता शीप विकास, २७ जना उद्यमी सृजना, १६ जनालाई उद्योग प्रवर्द्धन, कोरोनाका कारण श्रम छाडेर घर फर्केका ३५ जनालाई शीप विकास र १८ जनालाई परम्परागत शीपमा आधारित व्यवसाय प्रवद्र्धन तालीम प्रदान गरेको छ । कार्यालयले अल्लो तथा ढाकाको झोला, पर्स डिजाइन, हलुका सवारी चालक, सिलाइकटाइ, ब्युटी पार्लर, कम्प्युटर, हाउस वायरिङसम्बन्धी तालीम दिएको हो । यस्तै एघार पटक ११८ ओटा पसल तथा फर्मको बजार अनुगमन गरेको छ भने १६ जना उद्यमीलाई १३ लाख ७६ हजार रुपैयाँ बराबरको उपकरण वितरण गरेको छ । रासस

दुई सय व्यावसायिक उद्योग थपिए

म्याग्दीमा पछिल्लो एक वर्षमा २ सय बढी घरेलु तथा साना उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७५÷७६ मा २०८ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।