नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नियुक्त भएका खोटाङ घर भएका ‘एम. अधिकारी’ को व्यापक खोजी भइरहेको छ । ‘एम अधिकारी’ भनेका व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको धेरैको दाबी छ । यसअघि पनि अधिकारी एमालेकै सोही विभागका सदस्य रहेका थिए । यसपटक गर्भनर पदमा भएका कारण उनको नाम छोटकरीमा ‘एम.अधिकारी’ राखिएको आरोप छ । किनभने कानुनले गभर्नर पदमा रहँदा कुनै पनि पार्टीमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ ।यता गभर्नर अधिकारी र एमालेका नेताहरुले एम अधिकारी र गभर