स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटे डा. जागेश्वर गौतम, वीर अस्पतालको जिम्मेवारी सम्हाल्दै

डा. जागेश्वर गौतमले वीर अस्पतालको अन्तर्गतको कोभिड युनिफाइड अस्पतालको नेतृत्व गर्ने भएका छन्। यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमले आज बसेको मन्त्रिपरिषद्को बैठकले वीर अस्पतालको जिम्मेवारी दिएको हो। डा. गौतमले हाम्रा कुरासँग बोल्दै अब, आफूले वीर अस्पताल अन्तर्गतको जिम्मेवारी सम्हाले बताएका हुन्। वीर अस्पतालको नयाँ बनेको भवनले देशभरका कोरोना अस्पतालको नेतृत्व गर्ने भएको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा. पौडेल

काठमाडौँ, १४ जेठ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेललाई दिइएको छ । यसअघिका प्रवक्ता डा जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको उहाँले जानकारी दिए ।-रासस/File photo

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएको हो । उनले आजैदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्। यसअघि मन्त्रालयको प्रवक्ता रहेका डा जागेश्वर गौतम कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख कार्यकारी अधिकारी भएपछि मन्त्रालयको प्रवक्ताको पद खाली थियो।