घरबाट गोठ हटाउन बारेकोटवासीलाई गाउँपालिकाको अनुदान

सुर्खेत : माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायाको गोठ बनाएर जीवनयापन गरिरहेका जाजरकोट बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन्।मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै बारेकोट गाउँपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ बनाउने नीति ल्याएको हो।  गोठ निर्माणका लागि एक लाख रुपैयाँसम्म रकम माग भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।बारेकोट गाउँपालिकामा अधिकांश किसानको घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपाया प

सम्बन्धित सामग्री

छुट्टै गोठ बनाउन किसानलाई गाउँपालिकाको अनुदान

जाजरकोट । घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा चौपायाको गोठ बनाएर दैनिकी चलाइरहेका बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन् । घर र गोठ एउटै छानामुनि हुँदा मानव स्वास्थ्यमा अत्यन्तै प्रतिकूल असर पर्ने भन्दै गाउँपालिकाले विपन्न तथा गरीबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ बनाउने नीति ल्याएको हो । गोठ निर्माण गर्न रू. १ लाखसम्म माग भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । गाउँपालिकाका अधिकांश किसानको घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा चौपाया बाँध्ने गोठ रहने गरेको छ । गोठ र मानिस एकै घरमा रहने भएपछि जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने गरेको अध्यक्ष गिरीको भनाइ छ । गाउँपालिकामा ३ हजार ५५७ घरधुरी छन् । गाई, गोरु, भैंसी, बाख्रा, भेडा र घोडाहरू तल्लो तलामा बाँधेर राख्ने र माथिल्लो तलामा परिवारका सबै सदस्य बस्दै आएका सर्वसाधारणलाई मात्र अनुदानमा गोठ बनाउन गाउँपालिकाले रकम सहयोग गर्ने अध्यक्ष गिरीले जानकारी दिए । बारेकोट पशुपालनको राम्रो सम्भावना भएको पालिका हो । यहाँ बर्खायाममा पाटन र हिउँदयाममा आफ्नै घर वरिपरिको घाँसमा निर्भर भई पशुचौपाया पालन हुने गरेको छ । अहिले पालिकाभित्र रहेका वास्तविक गरीब पशुपालक किसानको तथ्यांक संकलन गर्ने काम शुरू भइसकेको छ । शुरूमा बारेकोट गाउँपालिका–१ सिल्पाचौरको पुनगाउँबाट कार्यक्रम लागू गरिने पालिकाले जनाएको छ । सुरक्षित गोठ निर्माण भएसँगै पशुपालन व्यवसायसमेत फस्टाउने गाउँपालिकाको विश्वास छ । छुट्टै गोठ निर्माण भएपछि मानव स्वास्थ्यमा समेत सहयोग पुग्ने अपेक्षा छ । गोठ र घर छुट्याएपछि मात्र यहाँको स्वास्थ्य अवस्था थप राम्रो हुने पालिकाले जनाएको छ । चौपायाको मलमूत्रको गन्ध माथिल्लो तलामा आउनाका साथै घरभित्र जाँदा र आउँदासमेत प्रतिकूल असर पर्ने गरेकाले छुट्टै गोठ निर्माण गर्न लागिएको हो । रासस