एउटा गाउँमा धोबी थियो । उसले घरमा रखवाली गर्न कुकुर पालेको थियो । साथै, सामान ओसार्न गधा पनि पालेको थियो ।एक दिन एउटा चोर धोबीको घरमा आयो । ऊ चोरी गर्न आएको थियो । कुकुर मस्त निद्रामा थियो । उसले चोर आएको थाहा नै पाएन । तर गधा भने सुतेको थिएन । उसले चोरलाई देख्यो । मालिकलाई चोर आएको जानकारी दिनुपर्छ भन्ने उसले ठान्यो । त्यसैले ऊ रातिको त्यो बेलामा पनि ठूलो स्वर निकालेर कराउन थाल्यो ।गधा कराएको सुनेर चोर भाग्यो । उसको आवाजले धोबी पनि जाग्यो । उसले गधा किन कराइरहेको छ भनेर जान्ने कोशिश