मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत मानवबहादुर रावल वातावरण स्रष्टा सम्मान र पद्यप्रसाद दाहाल स्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ ।
यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना स्रष्टालाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने समाजका सभापति गोविन्द खनालले जानकारी दिए ।
पुरस्कारहरू स्थापनार्थ अक्षय कोषका लागि स्व. मानबहादुर रावल (तानसेन,पाल्पा)का छोरा मानव अधिकार तथा शान्ति समाजका उपसभापति कृष्णबहादुर रावलले रु. २ लाख र स्व. पद्यप्रसाद दाहाल (मा...