थप ७९ जनामा कोरोना सङ्क्रमण, ८२ जना निको

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २६ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७५ हजार आठ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप ८२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार आठ सय १५ पुगेको छ । अहिले नेपालमा नौ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । कोरोनाका कारण नेपालमा अहिलेसम्म तीन हजार १६ जनाले ...

सम्बन्धित सामग्री

थप ३ सय ५७ जनामा काेराेना पुष्टि, सक्रिय सङ्क्रमितकाे सङ्ख्या झन्डै २ हजार जना

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ५७ जनाको नमुना परीक्षण गर्दा तीन सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   यही अवधिमा ६२ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । केही दिनयता सङ्क्रमण बढ्दै गएकाले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ सय ८२ जना पुगेको छ ।  थप ३६ हजार तीन सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका ...

२४ घण्टामा ३७ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनामा कोरोना सङ्क्रमण पुटि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६१ जनाको नमुना परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८२ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।  अहिले नेपालमा तीन हजार दुई सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।  यसैबीच मन्त्रालयका अनुसार पछिल्लो २४ ...

थप ३ हजार ३ सय ८४ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र पाँच हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार दुई जना गरी तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।अहिलेसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार सात सय ७८ जना र एन्टीजेन विधिबाट १९ हजार सात सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार दुई सय ९५ जना निको भएका छन् । यो ...

भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण हुनेकाे सङ्ख्या एक लाखभन्दा तल

काठमाण्डाै - भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाखभन्दा तल झरेको छ । गएको अप्रिल ६ तारिखमा ९६ हजार नौ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा त्यसयता दैनिक एक लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको थियो । ६३ दिनपछि पछिल्लो २४ घण्टामा ८६ हजार चार सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा दुई हजार एक सय २३ जना सङ्क्रमितको ज्यान गएको छ । यस्तै २४ घण्टामा एक लाख ८२ हजार दुईसय ८२ जना सङ्क्रमणमुक्त भएका छन् । दैनिक चार लाखभन्दा धेरैम...

थपिए ८२ जना कोरोना संक्रमित, १४७ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना कोरोना सङ्क्रमित थपिएका छन् । । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ८०१ पुगेको …