एमालेको अर्थ विभागका सदस्य एम अधिकारी मैले भेट्टाए : सांसद महत

‘एम अधिकारीको खोजी गर्द मैले के भेट्टाए भने, एम भनेको मनि अर्थात् पैसा र अधिकारी भनेको अधिकार भएको मान्छे, अर्थात् पैसाको अधिकार भएको मान्छे,’ उहाँले भन्नुभयो, ‘पैसा र ढुकुटीको अधिकार भएको मान्छे गभर्नर रहेछन् ।’

सम्बन्धित सामग्री

एम अधिकारी भन्ने मान्छे खोजेर सभामुखसमक्ष बुझाएको छु, कारबाही होस् : सांसद महत

प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे संसद्मा दिनदिनैजसो आवाज उठिरहेको छ । कहिले सत्तापक्षका सांसदहरूले एमाले अर्थ विभागको एम अधिकारी को हो ? भनेर प्रश्न गरिरहेका हुन्छन् भने कहिले एमालेका सांसदहरूले एम अधिकारीलाई देखाएर अरु मुद्दाबाट ध्यान भड्काउन सत्तापक्ष लागेको भनिरहेका हुन्छन् ।