एम अधिकारी भन्ने मान्छे खोजेर सभामुखसमक्ष बुझाएको छु, कारबाही होस् : सांसद महत

प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे संसद्मा दिनदिनैजसो आवाज उठिरहेको छ । कहिले सत्तापक्षका सांसदहरूले एमाले अर्थ विभागको एम अधिकारी को हो ? भनेर प्रश्न गरिरहेका हुन्छन् भने कहिले एमालेका सांसदहरूले एम अधिकारीलाई देखाएर अरु मुद्दाबाट ध्यान भड्काउन सत्तापक्ष लागेको भनिरहेका हुन्छन् ।

सम्बन्धित सामग्री

एम अधिकारी भन्ने मान्छे खाेजेर सभामुखसमक्ष बुझाएकाे छु : सांसद महत

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको दाबी गर्नुभएकाे छ ।  आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उहाँले एम अधिकार पैसामा अधिकार भएको मान्छे भएको र त्याे मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गर्नुभयाे । उहाँले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘संसदमा सशक्तका साथ आवाज उठिसकेपछि एम अधिकारी त खोज्नुपर्‍याे । एउट...