मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ हजारभन्दा बढीको आवेदन रद्द

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको  कार्यालयमा आइतवार आईपीओ बाँडफाँट भएको हो ।  गोलाप्रथाबाट भएको बाँडफाँटमा भाग्यमानी २ लाख २७ हजार ६६२ जना आवेदकहरूले १० कित्ताका दरले शेयर हात पारेका छन् । कम्पनीले सर्वसाधारणमा साउन २८ देखि ३१ गतेसम्म आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र १३ लाख १६ हजार ५२९ जना आवेदकहरूले १ करोड ४३ लाख ६ हजार ७९० कित्ता शेयर खरीदका लागि आवेदन दिएका थिए ।  कुल आवेदकहरूमध्ये १३ लाख ११ हजार ५१७ जनाको मात्र आवेदन रितपूर्वक भएको तथा  रितपूर्वक नभएका ५ हजार १२ जनाबाट प्राप्त ८२ हजार ७० कित्ता शेयर खरीद आवेदन रद्द गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।  योग्य आवेदकहरूमध्ये १० लाख ८३ हजारभन्दा बढी आवेदकहरूको हात खाली भएको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नुअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली , आयोजना प्रभावित स्थानीय, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रूपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो ।  स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयर समेत जोडेर सर्वसाधारणमा विक्री गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने २ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको हो । यी वाहेक ४० हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूका लागि र १ लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिएको हो । सर्वसाधारणमा २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ विक्री तथा बाँडफाँट गरिएको हो । यस कम्पनीले दोलखा जिल्ला जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । आयोजनाबाट कम्पनीले २०७७ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।  आयोजनको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रूपैयाँ रहेको छ ।  अधिकृत पूँजी ८० करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ८० करोड रूपैयाँनै छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरूबाट चुक्ताभएको पूँजी भने ५२ करोड रूपैयाँ छ । सर्वसाधारणमा समेत शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ कायम भएको छ । कम्पनीमा हाल संस्थापक तर्फ ६५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।  आयोजना प्रभावित र सर्वसाधारणतर्फ ३५ प्रतिशत शेयर स्वामित्व कायम भएको हो । कम्पनीले आईपीओबाट संकलित रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानीको लागि प्रयोग गरिने जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट

२ असोज, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता असाधारण […]

घोराही सिमेन्टको आईपीओ बाँडफाँट

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतबार बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा आवेदन दिने कुल पाँच लाख ५७ हजार ७०१ जनाले आईपीओ प्राप्त गरेका छन् । जसमा १० देखि ७० कित्तासम्म आवेदन दिने सम्पूर्णले आईपीओ पाएका छन् । ८० देखि ३० […]

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । यो कम्पनीको एक लाख ६९ हजार ७६० कित्ता आईपीओ दुई लाख १६ हजार ९७६ जनाले प्राप्त गरेका हुन् । तीमध्ये पाँच जनाले थप एक/एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । १६ हजार ९७६ […]

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

२८ फागुन, काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारणका लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । आईपीओ निष्कासनका लागि नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आइतबार आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले सर्वसाधारणका लागि ११ फागुनदेखि १५ फागुनसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६९ हजार ७६५ कित्ता […]

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । यो कम्पनीको आईपीओ दुई लाख २६ हजार ४६५ जनाले २२ लाख ६४ हजार ६५५ कित्ता प्राप्त गरेका हुन् । आईपीओ प्राप्त गर्नेमध्ये पाँच जनाले थप एक/एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् भने […]

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट

३ पुस, काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन -आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ । यसरी […]

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

२० भदौ, काठमाडौं । खप्तड लघुवित्तले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सार्वजनिक निष्कासनमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सोमबार बिहान भएको बाँडफाँटमा १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर प्रापत गरेको प्रभु क्यापिटलले जनाएको छ । […]

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट

८ भदौ, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले २४ देखि २९ साउनसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं, १२ फागुन । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार ३ बजे आईपीओ बाँडफाँट गरेको हो । आईपीओ बाँडफाँट गर्दा लक्की नम्बर ६ परेको छ । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जनाको आवेदन परेकोमा ५ हजार ८५९ […]

सामलिङ पावरको आईपीओ बाँडफाँट

सामलिङ पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले मंगललबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।यही कात्तिक ४ गतेदेखि कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर […]