फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २५ प्रतिश बोनस सेयर र बोनस तथा नगद लाभांशमा लाग्ने […]

सम्बन्धित सामग्री

फरवार्ड माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर दिने

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।यससँगै, कम्पनीले कूल ३० प्रतिशत लाभांश वितरण गर्ने जानकारी दिएको छ । कम्पनीको १३१औं सञ्चालक समितिको बैठकबाट गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको चुक्ता पूँजी ८४ करोड ४४ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले ह

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा भगवती चौधरी सर्वसम्मत, ४२ % लाभांश पारित

माघ २, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भगवती चौधरी सर्वसम्मत् चयन भएकी छिन् । कम्पनीको पुुस ३० गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको नव निर्वाचित सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो ।  पुस ३० गते सम्पन्न सभाले चौधरी सशित राजकुमारी तब्दार, आशुतोष शर्मा सापकोटा, केशव राज पौडेल, बलराम चौधरी र जगत जंग जि.सीलाई सञ्चालकमा निर्वाचित गरेको थियो ।सोही सभाले गत वर्षको मुनाफाबाट प्रस्तावित कुल ४२ प्रतिशत लाभांश लाई समेत वितरणयोग्य बनाएको छ । कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ६२ करोड ५५ लाख १९ हजार छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १५ गते सार्वजनिक विदाका कारण बजार बन्द भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यस वर्षको लाभांश पाउनेछन् ।  गत वर्षभन्दा यस वर्ष कम्पनीले बढाएर लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ६ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश दिएको थियो । सञ्चालक निर्वाचन, लाभांश प्रस्ताव लगाएतका विशेष प्रस्तावसहित सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरेको छ ।

आकर्षक लाभांश प्रस्ताव गरेको फरवार्ड माइक्रोफाइनान्सको सर्वाधिक शेयर खरीदविक्री

मंसिर २२, काठमाडौं । साताको चौथो कारोवार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा आकर्षक लाभांश दिने घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको सर्वाधिक शेयर खरीद विक्री  भएको छ ।  कारोबारमा आएका २०६ ओटा धितोपत्रमध्ये उक्त कम्पनीकोे सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिमा कम्पनीको रू. ३ करोड ४२ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।  यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ६६९ मा कारोबार भइरहेको छ । कम्पनीले बुधवार शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  कम्पनीले गत अवाको मुनाफाबाट शेयरधनीलाई ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फरवार्ड माइक्रोफाइनान्सले गर्‍यो ४२ % लाभांश घोषणा

मंसिर २२, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।   कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्तापूँजीको ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । यो पनि हेर्नुस् : फरवार्ड माइक्रोफाइनान्सको चौथो त्रैमाससम्मको नाफा ५७ करोडभन्दा बढी ६ महीनामा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा २२ करोड ५० लाख फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा ३१.५८ % लाभांश घोषणा

फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी