काठमाडौं । बैतडीमा नेकपा ओली पक्ष र कांग्रेस कायकर्ताहरुबीच झडप भएको छ । झडपमा परी कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन्।
बैतडीको डिलासैनी गाउँपालिका–३ पनसेरामा मंगलबार दिउँसो कांग्रेसले आयोजना गरेको सभामा ओली समूहले ढुंगा प्रहार गरेको थियो ।
पूर्वमन्त्री एनपी साउदको खुट्टामा ढुंगाले चोट लागेको छ ।
यस्तै, कांग्रेस कार्यकर्ता जयराज जोशीसहित अर्का एक जना पनि घाइते छन् । गाउँपालिकाको केन्द्रको विषयमा विवाद हुँदा नेकपा ओली र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो ।
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले विरोध सभा गर्न लाग्दा झडप भएको हो । सभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महर लगायत नेताले बोल्ने कार्यक्रम थियो ।