नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्।
नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो। नागरिक दैनिकमा खबर छ ।
२१ पुस, सुर्खेत । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले स्थिरताका लागि ओली समूह छाडेको बताएका छन् । आइतबार ओली समूह छाडेका मन्त्री बुढाले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचण्ड–नेपाल समूहमा लागेको औपचारिक जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘पार्टी एकताको अन्तिम चरणमा दुर्भाग्यवश विभाजनको भयानक अवस्थामा पुगेको छ । यस […]
सुर्खेत : कर्णाली प्रदेशका अर्का मन्त्रीले पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा लागेका छन्।प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रेस विज्ञप्ति जारी गर्दै आफू पार्टीको मुलधार प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा रहेको स्पष्ट पारेका छन्। आन्तरिक कलहले पार्टी विभाजनसम्मको स्थितिमा पुगेकोमा दुःख व्यक्त गर्दै मन्त्री बुढाले विकासमा पछि रहेको कर्णालीमा स्थायी सरकार बनाउन आवश