केपीको कर्तूत : गुणस्तरहीन सिमेन्टमा सेनासमेत झुक्कियो, भवन भत्काइयो तर छैन क्षतिपूर्ति

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशीमा रहेको नेपाली सेनाको २६ नम्बर बाहिनीले ब्यारेकभित्र सैनिक आवासीय भवन बनाउन गत आर्थिक वर्षमा (०७८/०७९/०१) ठेक्का आह्वान गर्यो । ठेकेदार कम्पनी ब्राइट–डायना जे.भी. कन्ट्रक्शनले ठेक्का पाए ।उनीहरुले मिलेर काम गर्ने भनि सम्झौता गरे । सम्झौता अनुसार २०७९ असार मसान्त (आर्थिक वर्ष २०७८/०७९को अन्त्य) सम्म काम सक्नुपर्ने थियो ।ठेकेदार कम्पनी ब्राइट–डायना जे.भी. कन्ट्रक्शनले सेनाको ब्यारेकभित्र उक्त आवासीय भवन बनाउन धादिङको नौबिसेस्थित प्लान्टबाट उत्पादित केपी सिमेन्ट प्रयोग गरेका थिए । निर्माण कम्पनीले ७५० बोरा केपी सिमेन्ट खरिद गरेर ५ लाख रुपैयाँ भूक्तानी पनि गरेका थिए ।२०७८ चैत २९ गते २५० बोरा, चैत ३० गते २५० बोरा र २०७९ बैशाख १ गते २५० बोरा गरी केपी सिमेन्ट इन्ड्रस्टिज्बाट ठेकेदार पक्षले ५ लाखको सिमेन्ट गरेका थिए । उनीहरुले कुनै डिलर्स वा हार्डवायर पसलबाट उक्त परिमाणको सिमेन्ट खरिद गरको नभई सिँधै कम्पनीमा अर्डर गरेर खरिद गरेका थिए ।तर, ७५० मध्ये २६५ बोरा सिमेन्ट प्रयोग भइसकेको र ४८५ बोरा सिमेन्ट बाँकी रहेको अवस्थामा कुनै सिमेन्टको बोरामा ग्रेड नै उल्लेख नभएको, कुनैमा ग्रेड मेटिएको, कुनैमा केरमेट गरिएको र कुनैमा ३३ ग्रेड मात्रै उल्लेख भएको भेटिएपछि ब्यारेकभित्र खैलाबैला मच्चियो । त्यसपछि तत्कालै (२०७९ बैशाख ७ गते) सेनानी पिताम्बर रेग्मीको अध्यक्षतामा बैठक बसी बाँकी रहेको ४८५ बोरा सिमेन्ट फिर्ता गर्ने निर्णय भयो । ठेकेदार पक्षको तर्फबाट पेटी ठेकेदार शिवजी बुढाथोकीले ४८५ बोरा सिमेन्ट केपी सिमेन्ट इन्डस्ट्रिज्का २ जना ड्राइभर महेश प्रसाद खनाल र दिपेन्द्र रम्तेललाई जिम्मा लगाए । सिमेन्ट फिर्ताको निर्णय भएको पत्रके भन्यो सिमेन्ट कम्पनीले ?सिमेन्ट उद्योगले मिति नै उल्लेख नगरी एउटा पत्र लेखेको भेटिएको छ । पत्रमा न निर्माण कम्पनीलाई सम्बोधन गरिएको छ, न सेनालाई सम्बोधन गरिएको छ । तर, प्रशासन प्रमुखको हस्ताक्षर भएको उक्त पत्रमा भूलबस त्यस्तो हुन गएको भन्दै क्षमा याचना भने गरिएको छ ।पत्रमा कम्पनीले आफूहरुले प्रयोगशालामा परीक्षण गर्दा उक्त लटमा उत्पादन भएका सिमेन्ट ५३ ग्रेडभन्दा माथिको गुणस्तरका भएकाले ३३ ग्रेड छापिएका बोराहरु पूरानो स्टकबाट लोडिङ भई डिस्पाच (पठाइएको) भएको दाबी गरेको छ । सिमेन्ट उद्योगले लेखेको पत्र...र त्यसपछि भवन भत्काइयोसेनाले ठेकेदार पक्षसँग छलफल गरेर कम गुणस्तरका निर्माण सामग्री प्रयोग भएको भवन नबुझ्ने भनेर भवन पनि भत्काउनुपर्ने सर्त राख्यो । त्यसपछि सिमेन्ट कम्पनीका प्रतिनिधिको समेत उपस्थितमा भवन भत्काइयो । भवन भत्काउने बेलामा सिमेन्ट उद्योगका प्रतिनिधिले क्षतिपूर्ति दिने बचन दिएको तर हालसम्म कुनै उपलब्धि नभएको पेटी ठेकेदार शिवजी घिमिरे बताउँछन् । ‘पहिलो तल्लाको स्ल्याब ढलानका लागि किनेको सिमेन्ट नै गुणस्तरहीन भएपछि भवन नै भत्काउनु पर्यो’ उनले भने, ‘जम्मा ८ सय बोरा जति सिमेन्ट जान्थ्यो होला ।’उनले यो विषयमा निर्माण पक्षबाट सम्झौतादेखि सबै प्रक्रिया पूरा गरेका मुख्य व्यक्ति राजु चौधरी (उनको भाषामा राजु दाइ) लाई अझ बढी जानकारी हुने बताए । बिजपाटीले चौधरीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । यसैबीच, सिमेन्ट उत्पादक संघका महासचिव समेत रहेका केशव उप्रेतीकै उद्योगले बदमासी गरेपछि उपभोक्ता हित संरक्षण मञ्चले यो विषय अदालतमा लैजाने भएको छ । मञ्चले उद्योग, उद्योगका मालिक उप्रेतीसहित सीईओ गौरव राणा र म्यानेजर योगेश न्यौपानेलाई विपक्षी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ताको प्रक्रिया सुरु गरिसकेको छ । यस सम्बन्धमा उद्योगी उप्रेतीसँग कुरा गर्न खोज्दा उनीसँग सम्पर्क भएन ।

सम्बन्धित सामग्री

क्षतिपूर्ति सकिँदैन, राहत दिइनेछ

कृषिमन्त्री बेदुराम भुसालले लम्पी स्कीन रोगबाट मरेका पशुको क्षतिपूर्ति सरकारले दिन नसक्ने बताएका छन् । उनले पीडित किसानलाई क्षतिपूर्ति नदिए पनि केही राहत भने दिइने जानकारी दिए । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बिहीबार मन्त्री भुसालले क्षतिपूर्ति दिन स्रोतको अभाव भएको भन्दै सरकारको तर्फबाट किसानलाई राहत दिन कार्यविधि बनिरहेको बताए । […]

इन्टरनेट सेवा अवरुद्ध भए क्षतिपूर्ति पाइने

इन्टरनेट, फोन लगायतका दूरसञ्चार सेवा अवरुद्ध भए सो अवधिको क्षतिपूर्ति ग्राहाकले पाउने व्यवस्था कार्यान्वयनमा आउने भएका छ।...

इन्टरनेट सेवा अवरुद्ध भए क्षतिपूर्ति पाइने

इन्टरनेट, फोन लगायतका दूरसञ्चार सेवा अवरुद्ध भए सो अवधिको क्षतिपूर्ति ग्राहाकले पाउने व्यवस्था कार्यान्वयनमा आउने भएका छ।...

ओरियन्टलपीडितलाई  क्षतिपूर्ति दाबी गर्न आह्वान

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरियन्टल सहकारीपीडितलाई आफ्नो क्षतिपूर्ति दाबी गर्न आउन आह्वान गरेको छ । समितिले विभिन्न सञ्चारमाध्यममा सूचना जारी गर्दै ओरियन्टलपीडितलाई लिनुपर्ने रकमको प्रमाणसहित समितिमा हाजिर हुन आह्वान गरेको हो ।  समितिले...

‘प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्छ’

विश्वमा तातो हावा, बाढी, अनिकाल तथा अन्य जलवायुजन्य प्रकोपले ठुलो नोक्सानी गरिरहेको औंल्याउँदै गुटरेसले प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्ने (पोलुटर मस्ट पे) बताएका हुन्।...

क्षतिपूर्ति लिनै आउँदैनन् पीडित पक्ष

संविधानले फौजदारी मुद्दाका पीडित पक्षलाई क्षतिपूर्ति भराउने व्यवस्था गरे पनि क्षतिपूर्ति दाबी गर्न आउनेको संख्या न्यून छ।...

जुम्लाका स्याउ किसानले पाए क्षतिपूर्ति

खलङ्गा- जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शेखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने ,मौसम सूचकाङ्कका आधारमा बीमा गरेका […]

जुम्लाका स्याउ किसानले पाए क्षतिपूर्ति

जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने, “मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्ति बापत रकम भुक्तानी गरेका छौं ।” उनका अनुसार जिल्लाका आठ स्थानीय तहका किसानलाई उक्त दाबी भुक्तानी दिएको छ

अमेरिकी इतिहासमै अहिलेसम्मको ठुलो क्षतिपूर्ति पाउने भए पिडितहरुले ….

अमेरिकाका एक पूर्व चिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौँ महिलाले ठुलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्व चिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् । यौन काण्डको वर्षौँपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो । […]

अर्बौं ठगीमा न्यून क्षतिपूर्ति

काठमाडौं, भदौ २० । वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२ करोड रूपैयाँ […]