काठमाडौं : कोशी प्रदेशमा नयाँ सरकार बनाउन रस्साकस्सी देखिएको छ। एमाले र केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध दलबीच नयाँ सरकार गठनका लागि रस्साकस्सी देखिएको हो। गत आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएसँगै दलहरूबीच रस्साकस्सी सुरू भएको हो। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन्। खापुङले नयाँ सरकार गठनका लागि ४ दिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दि