कांग्रेस महाधिवेशनः रोकिएको मतदान पुनः सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि रोकिएको मतदान पुनः सुरु भएको छ। छापिएर आएका मतपत्र रुजु गर्न ढिलाइ भएपछि मतदान करिब दुई घण्टा रोकिएको थियो। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको मतदान पटक–पटक रोकिन थालेपछि प्रतिनिधिहरु आक्रोशित भएका छन्। मतपत्र सकिँदा दिउँसो पनि मतदान केहीबेर रोकिएको थियो। मतपत्र समयमै नपुग्दा बिहान ८ बजे सुरु […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः नवनिर्वाचित सबैलाई पदभार ग्रहण तथा प्रमाणपत्र वितरण आज

काठमाडौं, पुस ९ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि मंसिर २७ गते मतदान सम्पन्न भएको छ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिले मतदान गरेको १० दिनपछि मतगणना सकिएको छ । बिहीबार अबेर सम्पूर्ण मतगणना सकेर नतिजा सार्वजनिक गरेको निर्वाचन समितिले नवनिर्वाचित सबैलाई आज शुक्रबार प्रमाणपत्र दिने कार्यक्रम राखेको […]

कांग्रेस महाधिवेशनः सबै परिणाम आउन एक साता लाग्ने

काठमाडौं, पुस १। नेपाली कांग्रेसको मंगलबार सम्पन्न १४औं महाधिवेशनको मत परिणामअनुसार हालसम्म एक सभापति र दुई उपसभापतिको परिणाम आएको छ । कांग्रेस महाधिवेशनको मतदान प्रक्रियामा १ सय ३४ पदका लागि ४ सय ८९ उम्मेदवार मैदानमा थिए । जसमध्ये प्रदेश २ अन्तर्गतका दुई सदस्य पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन् भने अब ४ सय ७७ उम्मेदवारमध्ये […]

कांग्रेस महाधिवेशनः शुरू भयो दोस्रो चरणको मतदान

कांग्रेस महाधिवेशनमा दोस्रो चरणको मतदान शुरू भएको छ । साढे ३ बजेबाट शुरू हुने भनिए पनि केहीबेर ढिला गरी मतदान शुरू भएको हो ।  पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो ।  सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।  मतदानको समय साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ ।

कांग्रेस महाधिवेशनः मतपत्र सकिँदा मतदान रोकियो, प्रतिनिधि आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकिएको छ। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको मतदान पटक–पटक रोकिन थालेपछि प्रतिनिधिहरु आक्रोशित भएका छन्। मतपत्र सकिँदा दिउँसो पनि मतदान केहीबेर रोकिएको थियो। मतपत्र समयमै नपुग्दा बिहान ८ बजे सुरु हुने भनिएको मतदान झण्डै चार घण्टा ढिलो सुरु भएको थियो। साँझ ६ बजेसम्म करिब तीन हजार […]

कांग्रेस महाधिवेशनः खस्यो एक हजार मत

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म एक हजार मत खसेको छ ।  एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।  बिहान ८ बजे मतदान हुने भनिए पनि ढिला गरी मात्रै झण्डै १२ बजेबाट मात्रै मतदान शुरू भएको हो ।   सभापतिमा शेरबहादुर देउवा, डा. शेखर काेइरालाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।  देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिको उम्मेदवार छन् ।

कांग्रेस महाधिवेशनः देउवाले गरे मतदान [तस्वीरहरू]

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत देउवाले सोमवार राष्ट्रिय सभागृहमा पुगेर मतदान गरेका हुन् ।  २९ वटा मतपत्रमा मतदान गर्न एकजनालाई झण्डै एक घण्टासम्म लाग्ने बताइएको छ । देउवाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन इतरबाट डा। शेखर कोइरालाले पनि प्यानलसहित उम्मेदवारी दिएका छन् । देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिको उम्मेदवार छन् ।

कांग्रेस महाधिवेशनः फोटो पत्रकारहरुले गरे ‘क्यामरा डाउन’ (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको शुक्रबारदेखि भृकुटीमण्डपमा जारी १४औं महाधिवेशनमा फोटो पत्रकारहरुले तस्बिर तथा भिडियो खिच्न नपाएको भन्दै क्यामरा डाउन गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतको सभापतिको उम्मेदवारहरुले मतदान गरेको तस्बिर तथा भिडियो खिच्न नपाएको भन्दै पत्रकारहरुले क्यामरा डाउन गरेका हुन् । आज काठमाडौंको राष्ट्रिय सभा गृहमा मतदान हुँदैछ । […]

कांग्रेस महाधिवेशनः मतदानस्थल पुगे प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवा मतदानस्थल पुगेका छन् ।  नयाँ नेतृत्व चयनका लागि झण्डै साढे ३ घण्टा ढिला गरी मतदान शुरू भएको हो । बिहान ८ बजे गर्ने भनिएको मतदान साढे ११ बजेबाट शुरू भएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान शुरू भएको हो । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुन लागेको हो ।  सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रक...

कांग्रेस महाधिवेशनः ६ वटा प्रदेशमा आज मनोनयन, भोलि मतदान

काठमाडौं, मंसिर १७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो । कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात पार्न प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो […]

कांग्रेस महाधिवेशनः तनहुँमा नेतृत्व छान्न मतदान हुँदै

तनहुँ, ६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सोमबार तनहुँमा हुँदैछ । तनुहँको सदरमुकाम दमौलीमा नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भईसकेको छ । आज क्षेत्र न १ मा ९ सय ९४ जना मतदाताले आज मतदान गर्दैछन् । त्यस्तै, क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा अधिवेशन हुँदैछ । क्षेत्र नम्बर २ […]