म्याग्दी – कपालमा पहेँलो रङ दलेका । शरीरमा हुक र जिन्स पाइन्ट अनि स्पोर्ट्स जुत्ता लगाएका । कालो रङको फित्ता भएको झोला छड्के भिरेका । त्यही झोलाको फित्तामा ज्याकेट झुण्ड्याएका । मुखमा मास्क । यस्तै हुलियाका एक युवा नाङ्लो र डालो बेच्दै हुनुहुन्थ्यो ।
तनहुँको बन्दीपुर गाउँपालिका ५ आदीमुलका २४ वर्षीय युवा प्रदीप मगर बिहान १० बजेतिर म्याग्दीको गलेश्वर आइपुग्नुभयो । हरेक वर्ष बालाचतुर्दशी पर्वमा बेनी नगरपालिका ९ को गलेश्वर शिवालयमा धार्मिक तथा व्यापार मेला लाग्ने गर्दछ । युवा मगर पनि बालाचतुर्दशीमा नाङ्लो र डा...