निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले कसैलाई डर त्रास, धाक धम्की प्रलोभन दिने जस्ता कार्य गरेको लगायतका क्रियाकलाप भए गरेको पाइएमा निगरानी राखी तत्काल …