खानेपानीको पाइप चोरेको आरोपमा प्रहरीले कास्कीबाट स्थानीय जनप्रतिनिधिसहित चारजनालाई पक्राउ गरेको छ । कास्कीको मादी गाउँपालिका–१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित ४ जनालाई पक्राउ गरिएको जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा मादी गाउँपालिका–७ थाक घर भएका ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ र लमजुङ घर भएका २३ वर्षीय सुनिल परियार उर्फ रिदम छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरुलाई पाइप चोरेर लैजाँदै गरेको अवस्थामा पक्