अमेरिकामा दुर्लभ मानिन मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएपछि २७ राज्यमा २ सय जनाभन्दा बढीको खोजी शुरु गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यो महिनाको शुरुवातमा नाइजेरियाबाट टेक्सास निवासी एक व्यक्तिले यो रोग अमेरिका भित्र्याएको बताइएको छ । २ सय जनाभन्दा बढी सङ्क्रमितको सम्पर्कमा आएको आशंका गरिएको छ ।सन् २००३ पछि अमेरिकामा पहिलोपटक मङ्कीपक्सको सङ्क्रमण भेटिएको हो । सङ्क्रमितलाई अस्पताल भर्ना गरिएको छ भने उनको अवस्था स्थिर रहेको बताइएको छ । हालसम्म थप नयाँ सङ्क्रमित फेला परेका छैनन् ।सेन्टर फर ड