बाढीपहिरो पीडितलाई तत्काल राहत व्यवस्था गर्न माग

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले देशभरका बाढीपहिरो पीडितलाई तत्काल राहत उद्धार र बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै तत्काल यस्तो व्यवस्था गर्न आग्रह गरेको हो।आयोगले प्राकृतिक विपद्को रोकथामका पूर्वतयारी अपनाउन र  विकास निर्माणका कार्यलाई मानव अधिकारमैत्री बनाउन पनि माग गरेको छ।‘बाढी पहिरो तथा डुबानबाट वर्षेनी सयौँ नागरिकहरुले ज्यान गुमाउनु परिरहेको एवम् हजारौँ परिवार घरबारविहीन हुनुपरिरहेको यथार्थलाई दृष्टिगत ग

सम्बन्धित सामग्री

बाढीपहिरो पीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन सांसद खड्काको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षापछि शनिबार राति आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ । आईतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत […]

बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ – सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन्। उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित […]

बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरो पीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।  उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गरेका

बाढीपहिरो पीडितलाई राहत दिन सुदूरपश्चिममा अनेरास्ववियूको माग

५ कात्तिक, धनगढी । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिमका बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई शुक्रबार ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियू सुदूरपश्चिमका इन्चार्ज मोती बिक र संयोजक नेत्र मैनालीसहितको टोलीले बाढी पहिरो पीडितलाई राहत, बेपत्ताको खोजी र घरबारविहीन भएकाहरूलाई उचित बसोबासको व्यवस्था मिलाउन माग गरेको हो […]

बाढीपहिरो पीडितलाई राहत र घाइतेलाई उपचारको व्‍यवस्था गर्न कांग्रेसको माग

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा तीव्रता दिन सरकारसँग माग गरेको छ । बुधबार कांग्रेसले विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको […]

बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन निधिको माग

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बाढीपहिरो प्रभावितलाई तत्काल राहत व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न अनेरास्ववियूको माग

काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले बाढीपहिरो पीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई नि: शुल्क उपचारको व्यवस्था मिलाउनसमेत अखिल क्रान्तिकारीले माग गरेको छ। अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। उनले बाढी […]

माओवादी केन्द्रले सरकारलाई भन्यो, 'बाढी प्रभावितलाई पाँच लाख देउ'

नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितलाई ५ लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन र उचित बसोबासको व्यवस्था मिलाउन माग गर्ने निर्णय गरिएको प्रवक्ता भूसालले जानकारी दिइन् । उनका अनुसार तत्कालीन राहत रु एक लाख, मृतक परिवारलाई रु तीन लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पीडितलाई रु पाँच लाख उपलब्ध गराउन माग गर्ने निर्णय भएको छ ।