पत्रकारलाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

खोटाङमा समाचारको विषयलाई लिएर कांग्रेस नेताले पत्रकारलाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आंशका गरिएका व्यक्तीलाई राख्नेक्रममा कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले अवरोध गरेको समाचार लेखेको विषयमा पत्रकार उत्तम चौंलागाईलाई धम्की दिएकोप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सम्बन्धित सामग्री

पत्रकारलाई ज्यान मार्ने धम्कीप्रति महासंघको आपत्ति

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६:५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ। समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत […]

आशय नबुझी पत्रकारलाई धम्क्याउने प्रहरीलाई महासंघले सचेत गरायो

काठमाडौं : माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ।उक्त ब्लगमा एमसिसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइम को मुद्दा ल

पत्रकार महासंघले भन्यो : चिनियाँ दूतावासको विज्ञप्ति निन्दनीय

काठमाडौं : द काठमाडौं पोस्ट प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल रहेको अवगत गराउँदै कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र ल...

पत्रकारलाई दिएको धम्कीप्रति महासंघको आपत्ति

काठमाडौं : नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले पत्रकार छविलाल तिवारीलाई भौतिक कारबाही गर्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  फागुन २० गते नागरिक दैनिकमा प्रकाशित ‘निर्माणाधीन पक्की पुल अलपत्र’ शीर्षक समाचारको ...